टिकटकले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गर्‍याे

 बैशाख २६, २०८१ बुधबार १८:२५:३१ | एजेन्सी
unn.prixa.net

भिडियाे शेयरिङ एप टिकटक र यसको चिनियाँ मूल कम्पनी बाइटडान्सले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकी संसद्ले टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेपछि त्यसको विरोधमा टिकटकले अमेरिकाको सङ्घीय अदालतमा मुद्दा दायर गरेको हो ।

टिकटकले अमेरिकामा आफ्ना १७ करोड जना प्रयोगकर्ता रहेको र उनीहरूको अभिव्यक्ति स्वतन्त्रता हनन हुने दाबी गरेको बीबीसीले जनाएको छ । यस्तै टिकटकमाथि प्रतिबन्ध लगाउँदा संविधानको समेत उल्लङ्घन हुने उल्लेख छ । कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी नगर्ने दाबी दोहोर्‍याउँदै टिकटकले चिनियाँ एप भएकै कारण प्रतिबन्ध लगाउनु गलत रहेको बताएको छ ।

टिकटकले अमेरिकी प्रयोगकर्ताको विवरणमा सुरक्षाका उपायहरू लागू गर्न दुई अर्ब डलर खर्च गरेको र त्यहाँको विदेशी लगानीबारे ९० पृष्ठको राष्ट्रिय सुरक्षा सम्झौताको मस्यौदामा प्रतिबद्धता जनाएको पनि उल्लेख गरेको छ ।

गएको अप्रिल २० तारिखमा अमेरिकाको प्रतिनिधि सभाले टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक पारित गरिसकेको छ । कानुनअनुसार अमेरिकी प्रतिबन्धबाट बच्न बाइटडान्सले टिकटकको शेयर अमेरिकी कम्पनीलाई बेच्नुपर्नेछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया