शुक्रबार अमेरिकी डलरसँगै सबै विदेशी मुद्राको भाउ घट्यो

 माघ ४, २०७५ शुक्रबार १०:२४:२० | उज्यालो सहकर्मी

काठमाण्डौ – यो हप्ता अमेरिकी डलरसँगै लगातार बढिरहेको सबै विदेशी मुद्राको भाउ शुक्रबार भने घटेको छ । 

शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो बिहीबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा रहेको थियो । 

आज शुक्रबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ । बिहीबार खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा तोकिएको छ । हिजो बिहीबार १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा थियो ।

यस्तै युएई दिर्हामको भाउ बिहीबार एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा तोकिएको थियो । 

रिंगिट १ को खरिददर २७ रुपैयाँ ५६ पैसा र बिक्रीदर २७ रुपैयाँ ७१ पैसा तोकिएको छ । हिजो खरिददर २७ रुपैयाँ ६७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको थियो ।  

आज शुक्रबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८६ पैसा छ । 

बहराइन दिनारको एकको खरिददर ३०० रुपैयाँ ७४ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ३३ पैसा तोकिएको छ । यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा तोकिएको छ । 
 

तपाईको प्रतिक्रिया