आइतबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

 माघ ६, २०७५ आइतबार १०:४९:३७ | उज्यालो सहकर्मी

काठमाण्डौ – अमेरिकी डलरको भाउ बढ्दा आइतबार रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ पनि बढेको छ ।

आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६० पैसा र बिक्रीदर ११४ रुपैयाँ २० पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ । शुक्रबार खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा  थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । हिजो शुक्रबार १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा थियो ।

यस्तै युएई दिर्हामको भाउ आइतबार एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा तोकिएको छ । शुक्रबार खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा तोकिएको थियो । 

रिंगिट १ को खरिददर २७ रुपैयाँ ६२ पैसा र बिक्रीदर २७ रुपैयाँ ७७ पैसा तोकिएको छ । शुक्रबार खरिददर २७ रुपैयाँ ५६ पैसा र बिक्रीदर २७ रुपैयाँ ७१ पैसा रहेको थियो ।  

आज आइतबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५७ पैसा छ । 

बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर ३०२ रुपैयाँ ९१ पैसा तोकिएको छ । यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा तोकिएको छ । 
 

तपाईको प्रतिक्रिया