सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाखलाई रोजगारी दिने

 बैशाख २०, २०७६ शुक्रबार १६:५०:३८ | उज्यालो सहकर्मी

काठमाण्डौं – सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाख रोजगारी सृजना गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख रोजगारी सृजना गर्ने घोषणा गर्नुभएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी थप रोजगारी सृजना हुने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले उद्यमशिलता र रोजगारी सिर्जनालाई पनि यो वर्षको नीति तथा कार्यक्रमको मुख्य प्राथमिकतामा राखेको छ ।

1 Comments

  • jaya singh mahata

    May 3, 2019, 5:42 p.m.

    कार्यकर्ता भर्ती केन्द्रमा यहाँहरुलाई स्वागत छ ।

तपाईको प्रतिक्रिया