नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति

 बैशाख २१, २०७६ शनिबार १४:५४:३७ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल र ओमनबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ । दुई देशका प्रतिनिधिको बिहीबार र शुक्रबार भएको बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति जुटाएका छन् ।

दुई देशबीच नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले नै ब्यहोर्ने, कामदार कार्यस्थलमा रहँदाको सुरक्षा र न्यायमा सहज पहुँचलगायत विषयमा सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए । 

अहिले जुटेको सहमित दुई देशको मन्त्रीस्तरीय बैठकले पारित गरेपछि श्रम सम्झौतामा हस्ताक्षर हुनेछ । हस्ताक्षर कहिले हुने भन्ने टुङ्गो नलागे पनि छिट्टै गर्ने तयारी रहेको मन्त्रालयको भनाई छ ।

अहिले झन्डै १५ हजार नेपाली रोजगारीका लागि ओमानमा रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । 
 

तपाईको प्रतिक्रिया