बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घट्यो

 भदौ ५, २०७६ बिहिबार ११:२६:२६ | उज्यालो सहकर्मी

काठमाण्डाै – बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । 

बिहीबार नेपाल राष्ट्रबैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा तोकेको छ । बुधबार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३ पैसा थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो यसको एक को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा थियो ।

यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा पुगको छ । बुधबार यसको १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा थियो । 

बुधबार यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । बुधबार यसको १ को खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा थियो । 

यस्तै मलेसियन रिंगिटको भाउ पनि बुधबारको भन्दा घटेको छ । आज यसको १ को खरिददर २७ रुपैयाँ ३४ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा पुगेको छ । बुधबार रिंगिट १ को खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा थियो । 

बिहीबार कोरियन वनको भाउ भने बढेको छ । आज यसको १ सयको खरिददर ९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा तोकिएको छ । बुधबार यसको १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पेसा थियो ।  

नेपाल राष्ट्र बैंकले बिहीबार कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३३ पैसा पुगेको छ । बुधबार यसको १ को खरिददर ३७६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ८ पैसा थियो ।

यस्तै बहराइन दिनारको मूल्य पनि घटेको छ । बिहीबार यसको १ को खरिददर ३०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ५२ पैसा पुगेको छ । बुधबार यसको १ को खरिददर ३०३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३०५ रुपैयाँ १२ पैसा थियो ।
 

तपाईको प्रतिक्रिया