बुधबार अमेरिकी डलरलगायत सबै विदेशी मुद्राको भाउ बढ्यो

 भदौ १८, २०७६ बुधबार ११:३४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुधबार अमेरिकी डलरलगायत सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्रबैंकले बुधबार १ अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा तोकेको छ । मंगलबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा थियो । 

बुधबार साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा थियो । 

यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९० पैसा तोकेको छ । मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा थियो । 

बुधबार ओमानी रियालको खरिददर एकको २९९ रुपैयाँ ५१ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर २९७ रुपैयाँ ६३ पैसा थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९२ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा थियो । 

यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा पुगेको छ । मंगलबार यसको १ को खरिददर २७ रुपैयाँ ०९ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा थियो । 

बुधकार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा पुगेको छ । मंगलबार वन १ सयको को खिरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६३ रुपैयाँ तोकेको छ । मंगलबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४३ पैसा थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०८ रुपैयाँ ४ पैसा छ । मंगलबार यसको १ को खरिददर ३०२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८० पैसा थियो ।
 

तपाईको प्रतिक्रिया