वैदेशिक राेजगारीका क्रममा ज्यान गुमाएका पुजनको परिवारलाई आर्थिक सहयोग

 भदौ २२, २०७६ आइतबार १२:५३:४४ | राधाकृष्ण डुम्रे

स्याङ्जा – वैदेशिक रोजगारीका क्रममा स्पेनमा ज्यान गुमाएका स्याङ्जाकाे बिरुवा गाउँपालिका वडा नम्बर ६, चिन्नेबासका पुजन कोइरालाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

पुजनको २०६७ साल जेष्ठ १२ गते कार दुर्घटनामा ज्यान गएको थियो । काठमाण्डौमा बस्दै आउनुभएकी पुजनकी आमा देवी कोइरालालाई शनिबार वालिङमा पत्रकार, समाजसेवी तथा जनप्रतिनिधिहरुको सहभागितामा २ लाख २५ हजार  ७ सय ५२ रुपैयाँ प्रदान गरिएको हो ।

बेल्जियम स्याङ्जा सम्पर्क समिति र बेल्जियममा रहेका नेपालीको सहयोगमा संकलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाउनु भएको थियो । 

एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाले बेल्जियममा रहेका स्याङ्जाली तथा अरु नेपालीहरुले पुजनको सम्झनामा संकलित रकम हस्तान्तरण गरिएको समाजसेवी नेत्रप्रसाद पाण्डेले बताउनुभयो । 

श्रीमान र छोरा समेत गुमाउनुभएकी पुजनकी आमा अहिले छोरीको साथमा काठमाण्डौमा बस्दै आउनुभएको छ । 
 

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया