सोमबार बहराइन दिनार र कोरियन वनको भाउ घट्यो

 कात्तिक २५, २०७६ सोमबार ११:२६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सोमबार बहराइन दिनार र कोरियन वनको भाउ घटेको छ भने अरु विदेशी मुद्राको भाउमा कुनै थपघट भएको छैन ।

सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर  ११३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३७ पैसा तोकेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । 

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।  ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २३ पैसा रहेको छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ ।

कोरियन वनको भाउ भने थोरैले घटेको छ । वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा पुगेको छ । आइतबार यसको १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा थियो । 

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४१ पैसा रहेको छ ।

बहराइन दिनारको भाउ पनि आइतबारको भन्दा आज केहीले घटेको छ । सोमबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३३ पैसा तोकेको छ ।आइतबार यसको १ को खरिददर ३०१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३७ पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया