वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने योगगुरु पक्राउ

 पुस २८, २०७६ सोमबार १५:५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने एकजना योगगुरु पक्राउ परेका छन् ।

स्वामी शिवानन्दका नामले चिनिने गुल्मीका दीपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले विदेशमा आकर्षक जागिर लगाइदिने प्रलोभनमा आफूसँग योग सिक्न आउने तीनजना शिष्यसँग १७ लाख रुपैयाँ लिएको आरोप लागेको छ ।

पीडित युवाको उजुरीका आधारमा उनलाई पक्रेको प्रहरीले जनाएको  ।  शिवानन्दले काठमाडौँका विभिन्न ठाउँमा योग शिविर चलाउँदै आएका छन् । 

तपाईको प्रतिक्रिया