'भगवान भरोसामा बित्दैछ साउदीमा दिनहरु’

 चैत १७, २०७६ सोमबार १३:३२:१६ | मेरो कथा मेरो भोगाई

भुवन डाँगी,रोल्पा । हाल साउदी ।

एकातिर कोरोनाको डर , कम्पनीमा १२ घण्टाको काम । साउदीमा यो अप्ठेरो परिस्थितीमा भगवान भरोसामा चलिरहेको छ, जिन्दगी । यो दुःखमा पनि जोखिम मोलेरै काममा खट्नु पर्छ ।

मेरो घर रोल्पा हो । गाउँघर र देश छाडेर परदेश लागेको पनि चार वर्ष भयो । रियाद जोन अन्तर्गत आल खर्ज रफाय भन्ने यरियामा मार्बल कम्पनीमा काम गर्छु । साउदीमा अहिले खाडीका अरु देशको तुलनामा कोरोना सङ्क्रमितको सँख्या बढिरहेको छ ।

तर पनि यहाँ कार्यररत श्रमिकमा भने सङ्क्रमण भएको सुनिएको छैन । त्यसैले पनि मन ढुक्क छ । साउदीमा पनि कर्फ्यु छ । मुख्य सहरहरु लकडाउनजस्तै छ । 

गाडी, बस, रेल, जहाज उडेका छैनन् । तर हाम्रो कम्पनीले भने अहिले पनि १२ घण्टा काम लगाइरहेको छ । यो जबर्जस्ती जस्तै हो । बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म नै काम गर्नु परेको छ । यो सङ्क्रमणको बेला के को सुरक्षा सतर्कता भनेजस्तै छ ।

बस्ने ठाउँ र काम गर्ने ठाउँ टाढा भएकाले पनि हामी ८ घण्टा मात्र काम गर्छौं भन्दा पनि कम्पनीले दिएको छैन । कम्पनीको नियम अनुसार भन्नु कि खै के हामीलाई जबर्जस्ती नै १२ घण्टा काम लगाएको छ ।

संसार नै दुःखमा डुबेको बेला आफूलाई काममा हात पनि नलाग्ने रहेछ । अब जे होला, परदेशमा आफ्नो भेष चल्दैन । दिन र काम भगवान भरोसामा चलिरहेको छ । नेपालमा लकडाउन छ ।

नेपालजस्तै अहिले संसारकाभरीमा मान्छेहरु कोरोनाको जोखिमबाट बच्न घरघरमै बसिरहेका छन् । यस्तो बेला १२ घण्टे ड्युटी । नेपालमा बाहिर नहिँड भन्दा पनि मानिसहरु लकडाउन हेर्न निस्केका छन् । आफूलाई भने यहाँ कम्पनीले यो बेला जोखिममा काम नलगाई घरमै बस भने नि हुन्थ्यो जस्तो भएको छ ।

तर के गर्नु डरैडरमा काम गर्नु परिरहेको छ । मैले घरमै बसेर सुरक्षित हुन नपाए पनि नेपालमा हुने र यहीँ साउदीमा कार्यरत सबैलाई घरमै बस्नुहोस् र सुरक्षित हुनुहोस् भन्न चाहन्छु ।

2 Comments

  • बिजय भुलुन ( ललितपुर ) हाल जेद्दा

    April 3, 2020, 3:57 p.m.

    नआत्तिनु होला हामी पनि 14 घन्टा काम गरिरहेका छौँ आफू सुरक्षितका साथ रहनु होला भगवान सदैब तपाईं हाम्रो साथमा छ कोरोना बिस्तारै साम्री हुनेछ ... ( हाल जेद्दा कुप्री अबुदाउद कम्पनी

  • तिर्थ बहादुर योन्जन

    April 1, 2020, 10:04 p.m.

    भाई कोरोना लाग्नै छ भने घरमै बसेर पनि लाग्छ तेस्तो हिम्मत हरी हाल्नु चाहिँ हुन्न मा पनि रियाद काे मेट्रो मा 15 दिन भिजिट गरेर हाल अल्कासिम आको छु यहाँ आको 11 दिन भयाे झन् यहाँ त मा बसेको बिल्डिङ देखि 100 मिटर पर्तिर काे बिल्डिङ मा कोरोना भाइरस संक्रमित भिटियो र यहाँको पुलिसले घेरेर राखेको छ के गर्नु डिउटी 6 टु 6 चलिरहेको छ । येस्तै हो परदेशी जीवन।

तपाईको प्रतिक्रिया