बहराइन

 जेठ १३, २०७५ आइतबार ११:२८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

बहराइन अर्थ ‘दुई समुन्द्र’ हो । बहराइन साउदी अरबको तटबन्ध फारसी खाडीमा रहेको एक द्वीपसमूह हो । त्यहाँ संवैधानिक राजतन्त्र छ र राजधानी मानामा हो । मुख्य रुपमा अरवी भाषा बोलिन्छ । अंग्रेजी पनि धेरै बोलिने भाषामा पर्छ । बहराइनको मुद्रालाई बहराइनी दिनार (बिएचडी) भनिन्छ । एक बिएचडी बरावर झण्डै २ सय ८० रुपैयाँ हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ । 

बहराइनमा इस्लाम धर्म मान्नेहरुको बाहुल्यता छ । गर्मी याममा धेरै गर्मी हुने बहराइनमा जाडो याममा खासै जाडो हुँदैन । बहराइनमा ३५ हजार भन्दा धेरै नेपाली कामदार छन् । खाडीका अरु मुलुक जस्तै बहराइनमा पनि घरेलु कामदार श्रम कानुनको दायरामा पर्दैनन् । उनीहरुलाई कफला कानुन अन्तर्गत व्यवहार गरिने भएकाले कामदारको स्वतन्त्रता रोजगारदाताको निर्णयमा हुन्छ । कामका लागि रोजगारदातामा नै आश्रित हुनु पर्ने भएकाले स्पोन्सर प्रति कामदार वफादार हुनुपर्छ । काम गरेको एक बर्ष पछि मात्रै कामदारले रोजगारदाता बदल्न पाउँछन । तर त्यसका लागि तीन महिना अघि नै सूचित गराउनु पर्छ । त्यो अवधिमा रोजगारदाताले कामदारलाई अयोग्य घोषित गरेर स्वदेश फिर्ता गर्ने सम्भावना पनि हुन्छ ।

निर्माण मजदुर, घरेलु कामदार, ड्राइभर, होटल मजदुरका रुपमा काम गर्न नेपाली कामदार बहराइन पुग्छन । बहराइनमा नेपालको दूतावास राजधानी मानामामा छ । कुनै समस्या परेमा नेपाली दूतावासमा सम्पर्क गरे सल्लाह र सहयोग पाइन्छ ।

Embassy of Nepal
P.O.Box 75933
Villa 2397, Road 2437, Area 324
Juffair, Manama, Kingdom of Bahrain.
Tel: +973 17725583
Fax: +973 17720787
Email: 
[email protected]

Website: https://bh.nepalembassy.gov.np/

बहराइनमा सामाजिक विकास मन्त्रालय अन्तर्गत माइग्रेन्ट वर्कस प्रोटेक्सन सोसाइटी स्थापना भएको छ । यो संस्थाले अन्तर्राष्ट्रिय मान्यता अनुरुप आप्रवासी कामदारहरुको न्युनतम मानव अधिकार हासिल गर्न मद्दत गर्दछ । सहायताको लागि तल दिएको ठेगाना वा फोन नम्वरमा सम्पर्क गर्न सकिन्छ । त्यहाँ नेपाली स्वयंसेवकहरु नभए पनी सबैजनाले अंग्रजीमा वार्तालाप गर्छन । यदि तपाईंले बहराइनबाट नै सम्पर्क गर्दै हुनुहुन्छ भने अगाडीको +973 थीच्नु पर्दैन ।

Migrant Workers Protection Society

Address 
MWPS Office P O Box 5561 Kingdom of Bahrain
Flat 2, Building 647, Road 3625, Adliya Area 336.

Call Office +973 17827895

Marietta Dias - Chairperson - +973 3945 2470 (English, Hindi, Tamil, Malialam)

Helen de Oliveira Carvalho - General Secretary +973 33737721 (English, Portuguese, Italian, Spanish)

Evonne Bhaskaran - Head of Action Committee +973 39843609 - (English, Tamil, Sinhalese)

Ali Zainudin - Assistant Action Committee member +973 36909646 (English, Swahili) 

Hamda Asiz - Active Volunteer Member +973 3434 9021 (English, Arabic) 

Fax +973 17827895

Email [email protected]

तपाईको प्रतिक्रिया