मकाउबाट वैधानिक रुपमा पैसा पठाउन सकिन्न, केही व्यवस्था गर्न सकिन्थ्यो कि

 भदौ २२, २०७५ शुक्रबार १३:१७:५६ | मेरो कथा मेरो भोगाई

आत्माराम कँडेल/बाग्लुङ, हाल मकाउ ।

मेरो घर बागलुङको काठेखोला गाउँपालिका - ६ ज्यामिरेमा हो । अहिले म मकाउमा छु । सन् २००७ मा म मकाउ आएको हुँ । 

यहाँ काम गर्न थालेको ११ वर्ष भयो । सेक्युरिटी गार्डका रुपमा कार्यरत छु । मकाउमा काम र कमाई राम्रो छ । सामान्य काम गर्दा पनि महिनाको एक लाख रुपैयाँ बचत हुन्छ । 

११ वर्षको मेरो अनुभवले भन्छ कि मकाउ नेपालीका लागि काम, कमाई र सुरक्षाका हिसाबले पनि राम्रो छ । झण्डै ४५ सय जति नेपाली यहाँ काम गर्छौं । 

दुःख गरेर पैसा कमाउन यहाँ आइयो । तर कमाएको पैसा घरसम्म पुर्‍याउन हामीले वैधानिक माध्यम पाएनौं । महिनामा एक लाख रुपैयाँ पैसा बच्छ तर त्यो पैसा म लगायत सबै नेपालीले पठाउने हुण्डी मार्फत नै हो । 

यहाँबाट जोखिम मोलेर हुन्डी मार्फत पठाएको पैसा भनेको ठाउँमा पुग्ला नपुग्ला भन्ने चिन्ता हुन्छ । पठाउँदा पनि ठगिन्छु कि भन्ने चिन्ता हुन्छ । अर्कोतिर यो काम अवैधानिक भएकाले झनै डर लाग्छ । 

घरमा पैसा नपुग्दासम्म ढुक्क हुन पाईदैन । यहाँबाट नेपाल पैसा पठाउन वैधानिक माध्यम पनि छैन । हामीलाई घर पठाउदा सास्ती त छँदैछ । अर्को तिर देशले धेरै आर्थिक घाटा बेहोर्नु परेको छ । 

हामी काम गर्न त आयौं । कमायौं पनि । तर हामीले कमाएको पैसा घरसम्म अवैधानिक तवरले पठाउदा हामी ठगियौं वा गुमायौं भनेपनि उजुरी गर्ने निकाय छैन । सरकारले हुण्डीलाई रोक्न यी  कुरामा ध्यान दिए म जस्ता मकाउमा रहेका धेरै नेपालीलाई सहज हुने थियो । ढुक्कले घरमा पैसा पठाउन पाउने थियौं । 


 

2 Comments

  • Indra Thapa

    Sept. 8, 2018, 8:09 a.m.

    नेपाल सरकारले हुण्डी अवैधानिक भन्छ, अनि मकाउमा नेपालीले कमाएर नेपालमा हुण्डी मार्फत पैसा पठाउँछ भन्ने पनि थाहा छ र अर्को उपाय पनि छैन / त्यसैले त्यसको अर्थ हो नेपाल सरकार पनि हुण्डी व्यवसायीको नजीक छ कि ?

  • Raju raj

    Sept. 7, 2018, 1:31 p.m.

    मकाउमा वेस्टर्न युनियन छैन र कस्तो बिजोग !

तपाईको प्रतिक्रिया