सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

 कात्तिक १९, २०७५ सोमबार १०:२६:३४ | उज्यालो सहकर्मी

काठमाडौं – सोमबार रियाल, रिंगिट, दिर्हाम र दिनार लगायतका विदेशी मुद्राको भाउ बढेको छैन ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ र बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३४ र बिक्रिदर १० रुपैयाँ ३९ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ५० पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ६ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३ सय ८ रुपैयाँ २३ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया