सकिल मोहम्मद मुसलमान / कतार

प्रश्नः मैले कतारको मर्करी मीना कम्पनीबाट ३३ जनाको बाँकी तलब आएको खबर सुने । तर मेरो आएको छैन । म पनि त्यही कम्पनीको पीडित हुँ । मेरो बाँकी तलब किन आएन ? मैले बाँकी तलब कसरी पाउछु होला ?


 

उत्तरः सकिल जी, हामीले तपाईँको प्रश्नको जवाफ, कतारमा रहेको नेपाली दूतावास, वैदेशिक रोजगार विभाग र एम्नेष्टी इन्टरनेशनल नेपालबाट ल्याएको छौं । एम्नेष्टी इन्टरनेशनलले वैदेशिक रोजगार विभागमा पीडितका पक्षबाट उजुरी दिने बेला तपाईँसँग सम्पर्क नभएकाले तपाईँको उजुरी नै विभागमा परेन । त्यही कारणले तपाईँको पैसा नआएको हो । त्यसैले अब तपाईँसहित जति पनि मर्करी मीना कम्पनीबाट तलब लिन बाँकी हुनुहुन्छ उहाँहरुले फेरि निवेदन दिन सक्नुहुन्छ । नेपालमा हुनेले वैदेशिक रोजगार विभागमा, कतारमा हुनेले कतारमा रहेको नेपाली दूतावासमा र अन्य देशमा हुनेले इमेलमार्फत पनि प्रमाणसहित निवेदन दिन दूतावासको अनुरोध छ ।