हरि चौहान / मलेसिया

प्रश्नः म मलेसिया आएको ३ वर्ष भयो, मेरो समयावधि (कन्ट्रयाक) पनि सकियो अनि घर जान्छु भन्दा कम्पनीले १५०० रिंगेट माग्छ , यस्तोमा हाम्रो दूतावासले केही सहयोग गर्छ कि ?


 

उत्तरः हरी जी, तपाईंको समस्या हामीले प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)का महासचिव सोमप्रसाद लामिछानेसँग राखेका थियौं। उहाँका अनुसार, करार अवधि सकिएकाले तपाईं घर फर्कन पाउनुहुन्छ। कम्पनीले १५ सय रिंगिट मागेको कुरा चाहिँ गैर कानुनी हो । त्यसैले तपाईंले समस्या नेपाली दूतावासमा राख्नुभयो भने घर फर्कन सहयोग गर्छ। त्यससँगै तपाईंलाई प्रवासी नेपाली समन्वय समितिले पनि सहयोग गर्छ। मलेसियामै पिएनसिसीको सम्पर्क अधिकृत हुनुहुन्छ। उहाँको नाम रामचन्द्र नेपाल हो। तपाईंले उहाँलाई १६६०४५६८० नम्बरमा फोन गरेर आफ्ना समस्या राख्नुभयो भने उहाँले सहयोग गर्नुहुनेछ।