बाबुलाल चौधरी / मलेसिया

प्रश्नः म एक लाख ५० हजार रुपैयाँ तिरेर मलेसिया आए । तर भनेको जस्तो काम र कमाइ भएन । कम्पनीका मान्छेले कुटपिट गर्छन् । खान पनि भनेको बेलामा दिँदैन् । आफ्नो समस्या म्यानपावरलाई राखेँ । तर हुन्छ हुन्छ भनेर टार्छ म्यानपावरले । एजेन्टलाई फोन गर्दा फोनै उठाउँदैन । यो कम्पनीमा काम गर्ने वातावरण नै छैन् । म के गरौं ?


 

उत्तरः बाबुलाल जी, हामीले तपाईँको समस्या प्रवासी नेपाली समन्वय समिती पिएनसीसीका महासचिव सोमप्रसाद लामिछानेसँग राखेका थिये । उहाँले तपाईँलाई मलेसियामा रहेको नेपाली दूतावासमा आफ्ना समस्या राख्न सुझाव दिनुभएको । साथै तपाईँले मलेसियामा रहेका पिएनसिसीका प्रतिनिधि रामचन्द्र नेपालसँग पनि आफ्ना समस्या राख्न सक्नुहुन्छ । १६६०४५६८० नम्बरमा तपाईँले रामचद्र नेपाललाई आफ्ना समस्या राख्न सक्नुहुन्छ ।