तुलबहादुर राना

प्रश्नः म कतार जान भनेर काठमाडौं आएको थिएँ। मेडिकलमा अनफिट भएको रहेछु। तर दलालले फिट छौ भनेर एक लाख  ५० हजार लियो। मैले अस्पतालमा सोधेर बल्ल यो थाहा पाएँ। मेरो पैसा २०७१ सालबाट दिन्छु भनेर पनि अलिहेसम्म दिएको छैन। उसलाई के सजाय गर्न सकिन्छ ?


 

उत्तरः तुलबहादुर जी, पिपुल्स फोरममा आवद्ध अधिवक्ता कृष्णप्रसाद न्यौपानेका अनुसार दलाललाई पैसा बुझाएको प्रमाण तपाईंसँग छ छैन त्यो खुलाउनुभएको छैन। दलालले मेडिकल फेल हुँदाहुँदै पैसा लिए पनि कानुनी हिसावले हेर्दा तपाईंले उजुरी गर्ने म्याद सकियो। तपाईंले दलालविरुद्ध ३५ दिनभित्र वैदेशिक रोगार विभागमा उजुरी गर्न सक्नुहुन्थ्यो तर हदम्याद सकियो। तपाईं दुई वर्ष भन्दा लामो समयदेखि दलालको भरमा बसिरहनुभएको छ। त्यसैले सहमतिमा रकम अशुल्ने बाहेक अर्को विकल्प छैन।