फुरे तामाङ

प्रश्न :  म रोजगारीका लागि कतार जाँदै छु। मलाई काम गर्न जाने कम्पनीका बारेमा थाहा पाउन मन लागेको छ। त्यसका लागि मैले के गर्नु पर्ला ?


 

उत्तर : कुमुद खनाल, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ – हरेक रोजगारदाता कम्पनीले म्यानपावर कम्पनीलाई डिमान्ड बुक पठाएको हुन्छ। त्यसमा कम्पनीको सम्पूर्ण जानकारी जस्तै: कम्पनीको उत्पादनहरु, कार्यस्थल, कामदार खाने बस्ने ठाँउ लगायत फोटो सहित हुन्छ। तपार्इंले त्याे हेर्न सक्नुहुन्छ। अथवा कम्पनीको वेब साइट मागेर आफैले वा साथीको सहयोग लिएर कम्पनीको सम्पूर्ण जानकारी लिन सकिन्छ।