आरोग्य चौधरी

प्रश्नः सरकार ले कामदार जापान पठाउदै छ तेस्को बारेमा जानकारी दिनु होला वा हामिले कहा सम्पर्क गर्न सकिन्छ बताइ सहयोग गरिदिनु होला ?


 

उत्तरः आरोग्य जी, सरकारले जापान कामदार पठाउने कुरा सत्य हो । तर कुन प्रक्रियाबाट कसरी पठाउने भन्नेबारे टुङ्गो लागेको छैन । नेपाल र जापानबीच कामदार पठाउने विषयमा छलफल भए पनि यसरी कामदार पठाउने भन्ने विषयमा कुनै औपचारिक निणर्य भएको छैन । जापानले कामदार लैजाने विषयमा विभिन्नकुराहरु बाहिर आइरहेका छन् । तर सरकारका तर्फबाट औपचारिक निणर्य आएको छैन ।