राजु दर्जी / गुल्मि

प्रश्नः म मुटु रोग लागेर मलेसियाबाट फर्केर अहिले घरमै बसिरहेको छु । मलेसिया गएको ६ महीनामै मुटुको धडकन कम भएर मलेसियाको होस्पिटलमा एक हप्ताको उपचारपछि मुटुमा पेस मेकर ब्यष्ट्रि राख्नु पर्ने र त्यसको खर्च पनि धेरै हुने भएकाले म नेपाल फर्के र अहिले ऋण काढेर ब्याट्रि राखे । तर म विदेश जादा म्यानपावरले गरेको बिमा कम्पनीले पैसा दिएन । मैले इन्युसेन्स कम्पनीबाट केहि पाउछु कि पाउदिन होला ? मैले कहाँ सम्पर्क गर्ने होला ?


 

उत्तरः राजु जी, मुटु रोगका सम्बन्धमा २०७३ माघ १५ पछि मात्रै बिमाले समेट्ने प्रावधान छ । यो समयभन्दा अघि श्रम स्वीकृती लिएर विदेश गएकाले मुटु रोग लागेमा क्षतिपूर्ति नपाउने प्रावधान थियो । तर यो प्रावधान परिर्माजन भइ २०७३ माघ १५ गतेदेखि मुटु रोगलाई पनि समावेश गरिएको छ । यदी तपाईँले २०७३ माघ १५ पछि श्रम स्वीकृती लिएर विदेश जानुभएको हो भने बिमाबाट क्षतिपूर्ति पाउन सक्नुहुन्छ । बिमाको पनि आफ्नै नियम हुने भएकाले तपाईँको कागजपत्र र तपाईँले गरेको बिमाको आधारमा मात्रै क्षतिपूर्ति पाउने या नपाउने भन्न सकिन्छ । त्यसैले तपाईँ आफै बिमा कम्पनीमा गएर बुझ्ने सम्भावना छैन भने तपाईँले काठमाण्डौको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा सम्पर्क गर्नुहोला । पिएनसिसीले तपाईँलाई बिमा कम्पनीसम्म पुर्‍याउन सहयोग गर्ने छ । पिएनसिसीको नम्बर 01-4231402 मा सम्पर्क गर्नुहोला ।