गोविन्द श्रेष्ठ / यूएई

प्रश्नः अहिले म यूएईमा छु । तर म क्यान्सिलमा घर आउन चाहान्छुु । फेरि पाँच छ महिनापछि भिजिट भिसामा यूएई जान चाहान्छु । मिल्छ कि मिल्दैन होला ?


 

उत्तरः गोबिन्द जी, तपाईँ यूएईबाट भिसा क्यान्सिल गरेर आउँदा कम्पनीले कुनै पनि रोकतोक नगरी फर्किने अनुमती दिएको छ भने तपाईँ भिजिट भिसामा यूएई जानलाई समयको हदबन्दी हुदैन । तत्काल पनि जान पाउनुहुन्छ । तर कुनै अपराधिक क्रियाकलाप, अथवा कुनै गलत कुरामा तपाईँको नाम मुछिएको छ भने कहिलेकाहीँ यूएई कहिले पनि फर्किन नमिल्ने पनि हुन सक्छ । कसैलाई यति समय फर्किन पाउने भनेर पनि तोकिएको हुन्छ । तर सामान्य अवस्थामा यस्तो रोकतोक हुँदैन । अनि कहिले काही एउटै नाम भयो र अपराध गर्ने व्यक्तिसँग आफ्नो नाम मिल्यो भने पनि भिसा पाउन समस्या हुन्छ । त्यसैले तपाईँ कसरी फर्किनुहुन्छ त्यसमा नै तपाईँ यूएई फेरि जान पाउने नपाउने भन्ने कुरा निर्धारण हुन्छ ।