पर्वत

प्रश्न: विदेशमा गरिने स्काफफोल्डिङको काम कस्तो काम हो ? के के गर्न पर्छ । र सीप सिक्न कहाँ पाइन्छ बताइदिनुस् न ?


 

उत्तर: पर्वत जी, स्काफफोल्डिङको काम भनेको खट बाध्ने काम हो । यो काममा जाँदा जस्तैः घर बनाइरहेको ठाउँमा हो भने फलामबाट बनेका पाइपको खट बाँध्नपर्छ । नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको सहयोगमा हेल्भेटास नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जाने निर्णय गरिसकेकालाई निःशुल्क तालिम दिन्छ । तालिममा सहभागी हुन सोमबार देखि शुक्रबार विहान ९ बजेदेखी बेलुकी ५ बजेसम्म मोवाइल नम्बर ९८४०२४८०३४ वा ९८४०२५५२८० मा फोन गर्नुहोला ।