हिमा थापा

प्रश्न: सन् २००९ मा साउदी जाँदा मेरो पासपोर्ट नम्बर अर्कै थियो । किनकी त्यो बेला एमआरपी पासपोर्ट आएकै थिएन । तर अहिले एमआरपी बनाउँदा पासापोर्ट नम्बर अर्कै छ । र म फेरि साउदी जाँदै छु । पासपोर्ट नम्बर फरक पर्दा समस्या हुन्छ कि हुँदैन होला ?


 

उत्तर: हिमा जी, नयाँ पासपोर्ट लिँदा नयाँ नम्बर आए पनि यसले यात्रा गर्दा कुनै समस्या पर्दैन । तपाईँको पूरानो पासपोर्टकै आधारमा एएआरपी पासपोर्ट बन्ने हो । एमआरपी पासपोर्ट बन्दा नयाँ सिरियल नम्बरको आधारमा तपाईँको पासपोर्ट नम्बर पनि तय हुन्छ । तपाईँले नयाँ नम्बर पाएपछि पुरानो नम्बरको कुनै अर्थ पनि हुँदैन । त्यसैले तपाईँ पहिले साउदी जाँदा हस्तलिखित पासपोर्टमा भएको नम्बर र अहिले एमआरपीमा भएको फरक नम्बरले कुनै समस्या पर्दैन ।