सम्राट विष्ट

सार्क भारत कै कारण ओझेलमा परेको छ ,पाकिस्तान संगको चिसो सम्बन्धका कारण भारत आफ्नो स्वार्थ पुरा गर्न बिमस्टेकलाई आफ्नो पुच्छर बनाउन खोज्दैछ र पाकिस्तानलाई एक्ल्याउने भारतिय रणनीति करिब सफल भएको छ । बिमस्टेकमा पनि यस्तो रणनीति भारतले न खेल्ला भन्न सकिन्न । अहिले नेपाल दुबै संगठनको अध्यक्ष राष्ट्र भएकोले सन्तुलित सम्बन्ध दुबै संगठनसंग राख्नुपर्छ । बिमस्टेक सदस्य बिच हुने भनिएको संयुक्त सैन्य अभ्यासमा जान नेपालले हतार गर्नु हुन्न ।