दिपक चन्द

कविता देशमा छँदा राज्यको अनुभुति हुदैन, परदेशमा हुँदा जीवनको अनुभुति छैन । सरकारले अब गर्छ कि भन्दा भन्दै, वर्षौ बित्यो तर परिवर्तनको छाटकाटै छैन । लोकतन्त्र, गणतन्त्र, संसारमा भएको जति, सबै मन्त्र तन्त्र आइसक्यो तर खै हामी परदेशीले आफ्नै देशमा पाखुरा बर्जाने दिन कहिले आएन ।