प्रधानाध्यापकले रकम दुरुपयोग गरेको भन्दै अभिभावकले लगाए विद्यालयमा ताला

 मंसिर २, २०७५ आइतबार १८:०:३४ | दयाराम आचार्य
unn.prixa.net

प्रतिकात्मक तस्बिर

नवलपरासी – छात्रवृत्तिको रकम र शिक्षकको तलब प्रधानाध्यापकले दुरुपयोग गरेको भन्दै नवलपरासीको बुलिङटार गाउँपालिका तीन कोटथरमा रहेको बालविद्या मन्दिरका अभिभावकले विद्यालयमा तालबन्दी गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक निरज बस्ताकोटीले रकम दुरुपयोग गरेको, नियमित विद्यालय नआएको र विद्यालय आउँदा सधैँ रक्सी खाएर आउने गरेको विद्यालय र विद्यार्थीको भविष्यमाथि खेलबाड भएको भन्दै अभिभावकले आइतबार विद्यालयमा ताला लगाएका हुन् ।

अभिभावक भेला बसेरै विद्यालयमा प्रधानाध्यापकले चरम लापर्वाही गरेको भन्दै विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । प्रध्यानाध्यापकले गएको वर्ष झण्डै एक लाख छात्रवृत्ति र शिक्षकको तलब हिनामिना गरिएको देखिएको बालविद्या मन्दिरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमनाथ काफ्लेले बताउनुभयो ।

उहाँले यस वर्ष समेत  छात्रवृत्ति रकम  र निजी श्रोतका शिक्षक तीन जनाको तलब शिक्षकलाई नदिई आफैँले राखेको पाइएको अध्यक्ष काफ्लेले  बताउनुभयो ।केही समय पहिले प्राधान्याध्यापक निरज बस्ताकोटीले एकजना स्थायी शिक्षकको तलब समेत दुरुपयोग गरी आफैले प्रयोग गरेको पाइएको थियो ।

प्रधानाध्यापक बस्ताकोटीले सात महिनासम्म विद्यालयमा अध्यन गराएका अर्का  शिक्षकले विद्यालयलाई सहयोग भनेर तलब नलिएकोमा  त्यो तलब बापतको रकम  समेत आफूले निकालेर दुरुपयोग गरिएको पाइएको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

प्रधानाध्यापक निरज बस्ताकोटी नियमित रुपमा विद्यालय नआउने, आए पनि रक्सी खाएर आउने गरेको समेत अभिभावकहरुले गुनासो गरेका छन् । छात्रवृत्ति रकम, शिक्षकको तलबको दुरुपयोग, नियमिति विद्यालयमा नआउने, विद्यालयमा आए पनि सधैँ रक्सी खाएर आउने गरेकाले अभिभावकले विद्यालय तथा विद्यार्थीको भविष्यमा खेलबाड भएको भन्दै कारर्वाहीको माग समेत गरेका छन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया