सम्पदा क्षेत्रमा डोजर चल्याे, मेयरले देखा जायेगा भनेपछि स्थानीय आक्रोसित

 जेठ २८, २०७५ सोमबार १६:११:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – सडक बिस्तारका नाममा पुरातात्विक एवमंं सांस्कृतिक सम्पदाको रुपमा रहेको बटुक भैरब मन्दिर नै मास्न लागेको भन्दै ललितपुरको लगनखेलका स्थानीयबासिन्दाले विरोध गरेका छन् ।

सयौँ वर्ष पुरानो मन्दिर भत्काउन डोजर चलाएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । मन्दिर भत्काएर सडक विस्तार गर्न नहुने भन्दै ज्ञापन पत्र बुझाउन गएका बटुक भैरबनाथ क्षेत्र बिकास संस्था र स्थानीयबासिन्दालाई महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले देखा जायगा भनेपछि उनीहरु झनै आक्रोसित बनेका छन् ।  

बटुक भैरब मन्दिरकै जग्गामा नेपाली सेनाद्वारा सञ्चालन भइरहेको पेट्रोल पम्पको खालि भाग प्रयोग गरी सडक बिस्तार गर्ने बिकल्प हुँदा हुँदै लालपूर्जा भएका नागरिकको घर र मन्दिर भत्काउन लागेपछि उनीहरु महानगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन गएका थिए । 

बटुक भैरबनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष विनोद रंजितकारले मेयरबाट यस्तो खालको प्रतिक्रिया आउँछ भनेर आफूहरुले नसोचेको बताउनुभयो । बटुकभैरब पुरातात्विक एवमंं सांस्कृतिक सम्पदा भएको कारण यसलाई कायम राखेर नेपाली सेनाद्धारा संचालित पेट्रोल पम्पको साइडमा सडक विस्तार गरिनुपर्ने स्थानीयको माग छ । 

लगनखेल–सातदोबाटो सडकखण्ड विस्तारको क्रममा गएको बिहीबार लिच्छविकालिन बटुकभैरब मन्दिर परिसरमा डोजर चलेपछि स्थानीय आइतबार महानगर प्रमुख चिरीबाबु महर्जनलाई ज्ञापनपत्र बुुझाउन गएका थिए । 

ज्ञापनपत्र बुझ्दै मेयरले महर्जनले ८ मिटरको सडक मात्र आफ्नो क्षेत्राधिकारमा भएको र त्योभन्दा माथिका सडक केन्द्रको अधिकारभित्र रहेकाले आफूले केही गर्न नसक्ने बताएको साँस्कृतिक पुनःजागरण अभियानका केन्द्रीय सदस्य असोक महर्जनले बताउनुभयो ।

‘पुरातत्व ‘विभाग लगायत स्थानीय प्रशासनलाई कुनै जानकारी नदिई सडक विस्तारको नाममा कसरी लिच्छविकालिन सम्पदामा डोजर चल्यो हामीले खुट्टाउन सकेनौ’, स्थानीय सुरज महर्जनले प्रतिप्रश्न गर्नुभयो ।  

राज्यले विकासको नाममा विनास गर्न लागेको भन्दै सातदोबाटो सडक बिस्तार पीडित संघर्ष समितिका सचिव राजेन्द्र श्रेष्ठले सुकुम्बासीलाई उठाउन नसक्ने सरकारले लालपूर्जा भएका नागरिकको घर भत्काएर सुकुम्बासी बनाउन खोजेको आरोप लगाउनुभयो ।

गएको बिहीबार बटुकभैरब मन्दिर परिसरको पर्खाल २२ मिटरको मापदण्ड भन्दै डोजरले भत्काएपछि संपदा संरक्षण र विकास सँगसँगै किन जान सक्दैन भन्ने बहसले यतिखेर ललितपुर तातेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया