ब्याजसहित असुल हुने गरी वृद्धभत्ता बढाइनेछ : प्रचण्ड

 मंसिर १४, २०७५ शुक्रबार १७:३०:५९ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – सरकारले विकासका काममा गति लिन थालेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।

नवलपरासीको कावासोती १७ ढोकीमा रहेको त्रिभुवन बाल माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समोरोह तथा स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा सम्बोधन गर्दै उहा“ले नेपालमा विकासले गति लिन थालेको बताउनुभएको हो ।

एक वर्षको अवधिमा पूर्वाधार विकासको प्रक्रिया थालनी, छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, ऐनहरु निर्माणलगायतका काम भएकाले ‘अहिल्यै केही भएन’ भनेर टिप्पणी हुनु नहुने उहाँको भनाई थियो । उहाँले अबको ४ वर्षमा घोषणा पत्रमा उल्लेख गरेअनुसार काम गरेरै छाड्ने आश्वासन दिनुभएको छ ।

वृद्धभत्ता नबढेको भन्ने गुनासो सुनिएको भन्दै आउँदो आर्थिक वर्षको बजेटमा ‘अघिल्लो वर्ष दिने भनिएको वृद्धभत्ताको ब्याजसहित’ असुल हुने गरी वृद्ध भत्ता बढाइने अध्यक्ष प्रचण्डले बताउनुभएको छ ।

अबको चार वर्षमा कम्तिमा पनि पूर्व–पश्चिम रेल चल्ने वातावरण बनाइने, नारायणीमा जलमार्ग, केरु¨–काठमाडौं–लुम्बिनी र रक्सौल–काठमाडौं रेलमार्ग चल्ने स्थिति बनाउनतिर आफूहरुको प्रयत्न रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हुलाकी राजमार्ग सञ्चालनमा आउदा नवलपुर र चितवनका नागरिकको जीवनमा गुणस्तरीय परिवर्तन आउने बताउँदै यसको छिटो निर्माणको प्रक्रिया थाल्न तत्पर रहेको बताउनुभयो । साथै  नारायणीमा अहिले भएका पुल भन्दा अरु थप तीन वटा पुल निर्माणको बारेमा छलफल चलेको समेत उहा“ले बताउनुभयो ।

सरकारले केही दिनअघि शुरु गरेको सामाजिक सुरक्षा योजना कार्यक्रम दुरगामी महत्वको निर्णय भएको नेकपाका  अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।

उहाँले सामाजिक सुरक्षाको दृष्टिकोणले योगदानमा आधारित सुरक्षा भत्ता आम नागरिक, श्रमीकले पाउने हुँदा सरकारको यो कदम दुरगामी महत्वको निर्णय भएको बताउनु भएको छ ।

उहाँले सम्बोधनका क्रममा पहिलो चोटी उत्तरतिरको छिमेकीले चारवटा बन्दरगाहाबाट तेश्रो देशसँग व्यापार गर्न दिने सहमति गरेको बताउँदै यो नेपालका लागि ठूलो परिवर्तन भएको बताउनुभयो । ‘केरु¨–काठमाडौं–लुम्बिनीसम्मको रेलको अध्यन भएको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपालको अर्थराजनीतिमा यसले धेरै ठूलो महत्व राख्नेछ ।’

यस्तै भारतसँगको सम्बन्धमा सकारात्मक र ठूलो संकेत देखिएको उहाँले बताउनुभयो । जसका कारण वर्षौदेखि विराटनगरमा रहेको भारतको फिल्ड अफिस हट्नुले जनाएको उहा“ले बताउनुभयो । भारतसँग दक्षिणी सीमामा बनाइने बाँधका विषयमा भएको सहमति, रक्सौल–काठमाडौं रेल सञ्चालनको पहल शुरु हुनुले सकारात्मक सन्देश देखिएको बताउनुभयो ।

पार्टी एकता, कम्युनिष्टको बलियो सरकार, राजनीतिक स्थायित्वका कारण नै यस्ता सकारात्क संकेतहरु देखिएको उहाँले उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया