तीन लाख ५० हजार मूल्य बराबरको जग्गा विद्यालयलाई प्रदान

 जेठ २९, २०७५ मंगलबार १९:५१:४३ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङ्गमा रहेको प्याङ्ग माविलाई समाजसेवी जग्गादाताले जग्गा दान गर्नुभएको छ ।

प्याङ्गका समाजसेवी उमाकान्त अधिकारीले विद्यालयको आर्थिक अवस्थामा सुधार पु¥याउने उद्देश्यले तीन लाख ५० हजार मूल्य बराबरको ४ रोपनी आठ आना दुई पैसा एक दाम जग्गा मंगलबार दान गर्नुभएको हो ।

त्यो जग्गा विद्यालयको नाममा पास गरेर विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद थेबेलाई जग्गा धनीपूर्जा प्रदान गरिसकेको मालपोत कार्यलय इलामले जानकारी दिएको छ  ।


 

अन्तिम अपडेट: चैत २, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया