बाँकेका एक युवाको साउदीमा निधन

 मंसिर १६, २०७५ आइतबार १७:३५:२० | गोविन्द शर्मा

बाँके – बाँकेका बेदनिधी चापागाईंको साउदी अरबमा निधन भएको छ ।

रोजगारीका लागि अढाई वर्षअघि साउदी पुगेका बाँकेको राप्ती–सोनारी गाउँपालिका १ खासकुश्मा बैरियाका चापागाईंको मष्तिष्क पक्षघात भएर निधन भएको हो । 

दुई दिनअघि धेरै टाउको दुखेर बेहास भएपछि अस्पताल भर्ना भएका उहाँको शनिबार निधन भएको हो । अरुणका श्रीमती, छोरा, छोरी र बुवा हुनुहुन्छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया