करण केसीकाे अलराउण्ड प्रदर्शनमा विराटनगरले ललितपुरलाई ३ विकेटले हरायो

 मंसिर २२, २०७५ शनिबार १६:३९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - एभरेष्ट प्रिमियर लिगमा साविक विजेता विराटनगर वारियर्सले ललितपुर पेट्रियट्सलाई ३ विकेटले हरायो । विराटनगरको जितमा करण केसीले अलराउण्ड प्रदर्शन गरे ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाउदै एक सय चार रन बनायो ।  निकै कमजोर सुरुवात गरेको ललितपुरले चार रन हुँदा पहिलो विकेट गुमायो । ३८ रन हुँदा पवन सराफ ब्यक्तिगत १४ रनमा आउट भएपछि ललितपुरले तेस्रो विकेट गुमायो । त्यसको लगत्तै कुशल भुर्तेल पनि खाता खोल्न नपाउदै आउट भए ।

जसका कारण ललितपुरले ३९ रनमा चार विकेट गुमायो । ललितपुरको कमजोर पारीलाई सम्हाल्न खोजेको सन्नी पटेलले पाँचौ विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग ३४ रनको साझेदारी गरेका थिए । तर पटेल १९ रनमा पारसले पेभेलियनको बाटो देखाएपछि ७३ रनमा गुमाएको ललितपुरले ९७ रनमा ललितपुरले सात विकेट खेर फाल्यो ।

ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल अर्धसतक बनाउनबाट मात्र एक रनले चुके । उनलाई करण केसीले आउट गर्नु अघि तीन चौका र दुई छक्काको मद्दतले ४९ रनमा आउट भए । बलिङ तर्फ बिराटनगरका करण केसी र रे भान डेल मर्वेले दुई दुई विकेट लिए ।

एक सय ५ रनको लक्ष्य पछ्याएको विराटनगरले एक बल बाँकी छँदा सात विकेट गुमाएर लक्ष्य पूरा गर्यो । १९ रनमा पहिलो विकेट गुमाएको विराटनगरले  ३१ रन बनाउँदा २ विकेट खेर फाल्यो । अनिलकुमार शाहले ११ रन बनाए भने पारस खड्का दुई रनमा पेभेलियन फर्किए ।

लगत्तै स्मीत पटेल पनि एक रनमा आउट भएपछि विराटनगरले ३४ रनमा तीन विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको विराटनगरले ३४ रनमा नै चौथो विकेट गुमायो । विराटनगरको मिडिलअडर पुर्ण रुपमा ध्वस्त भएको विराटनगरको पारीलाई करण केसीले एक्लै सम्हाले ।

७३ रन जोड्दा ७ विकेट गुमाएको विराटनगरका करण केसीले विस्फोटक ब्याटिङ गरेपछि विराटनगरले जित निकाल्यो । अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोका करणले छक्का प्रहार गर्दै टिमलाई जितलाई सहज बनाए ।

उनले १९ बलमा एक बलमा एक चौका र ३ छक्का प्रहार गर्दै अविजित ३६ रन बनाए ।

बलिङतर्फ ललितपुरका गौरव तमोरले तीन तथा सन्दीप लामिछानेले दुई विकेट लिए ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया