प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउन सरकारलाई बाटो खुल्यो

 मंसिर २३, २०७५ आइतबार २०:१६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १ सय १४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । अध्यादेश स्वीकृत भएसँगै सरकारलाई स्थानीय तह र प्रदेशमा कर्मचारी पठाउन बाटो खुलेको छ ।

सरकारले अहिले भएका एक लाख १७ हजार कर्मचारीमध्ये केन्द्रमा ४५ हजार, प्रदेशमा २१ हजार र स्थानीय तहमा ५७ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । 

संघीयतामा कर्मचारी समायोजन गर्नका लागि सरकारले अध्यादेश बनाएर राष्ट्रपति कार्यालय पठाएको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया