स्पेनिस ला लिगा: एइबर र लेभान्टेबीच ४-४ गाेलकाे बराबरी

 मंसिर २३, २०७५ आइतबार २०:४१:१९ | उज्यालो सहकर्मी

स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा एइबर र लेभान्टे बराबरीमा रोकिएका छन् ।

एइबरको मैदानमा भएको खेल ४–४ गोलको बराबरीमा सकियो । आठौं मिनेटमा सेर्जी इनरिचले गोल गर्दै एइबरलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता एक मिनेट पनि टिक्न सकेन । जोसे लुइस मोरालेसले लेभान्टेका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

२५औं मिनेटमा रोबरले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए ।

पहिलो हाफमा लेभान्टेले २–१ को अग्रता कायम राख्यो । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै इबारले आठ मिनेटभित्र तीन गोल गर्‍यो । ५७औंं मिनेटमा गोन्जालो इस्कालान्टेले, ६१ र ६५औं मिनेटमा चाल्र्सले गोल गर्दै लेभान्टेलाई ४–२ को अग्रता दिलाए । 

तर गोलको क्रम यतिमा रोकिएन । ७५औं मिनेटमा लेभान्टेका टोनोले गोल गर्दै एइबरको अग्रता ४–३ मा छोट्याए । इन्ज्युरी समयमा बोर्जा मायोरलले गोल गर्दै खेल ४–४ को अवस्थामा पुर्‍याए ।

बराबरीसँगै लेभान्टे सातौंबाट छैटौं स्थानमा उक्लिएको छ । एइबर भने १९ अंकसहित १३औं स्थानमा छ ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया