बोका जुनियर्सलाई हराउँदै रिभर प्लेटले उचाल्यो कोपा लिबर्टाडोरेसको उपाधि

 मंसिर २४, २०७५ सोमबार ६:३४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा लिबर्टाडोरेसको उपाधि रिभर प्लेटले जितेको छ । समर्थकको आक्रमणका कारण घरेलु मैदानमा स्थगित भएर मड्रिडमा खेलिरहेको फाइनल खेलको दोस्रो लेगमा रिभर प्लेटले बोका जुनियर्सलाई समग्रमा पाँच तीन गोलले हराउदै उपाधि उचाल्यो ।

अमेरीकी फुटबल इतिहासकै सबै भन्दा ठूलो फाइनल खेलका रुपमा लिइएको कोपा लिबर्टाडोरेसको दोस्रो लेगमा रिभर प्लेटले बोका जुनियर्सलाई तीन एकले हरायो । पहिलो लेग दुई दुई गोलको बराबरी भएको खेलको दोस्रो लेगमा बोका जुनियर्स १० खेलाडीमा झरेको थियो ।

कडा सुुरक्षाकाबीच भएको निकै रोमाञ्चक फाइनल खेलको दोस्रो लेगको ४४ औं मिनेटमा बोका जुनियर्सले बेनेटेडोको गोलमार्फत खेलमा अग्रता बनायो । एक गोलले पछि परेको रिभर प्लेटले ६८ औं मिनेटमा प्राटोको गोल मार्फत खेल एक एक को अवस्थामा पुर्‍याए ।

निर्धारीत ९० मिनेट एक एक गोलको बराबरीमा सकिएपछि थपिएको आधा घण्टामा रिभर प्लेटले दुई गोल गर्‍याे । खेलको ९२ औं मिनेटमा बोका जुनियर्सका बारीअस रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । जसका फाइदा रिभर प्लेटले निकै राम्रोसँग लिन सफल भयो ।

 एक सय नौ मिनेटमा क्विन्टेरोले गोल गर्दै खेल दुई एकको अवस्थामा पुर्याए । त्यसपछि एक सय २० औं मिनेटमा मार्टिनेजको उत्कृष्ट गोलमार्फत रिभर प्लेटले एकगोलले पछि परेको खेलललाई उल्ट्याउदै उपाधि उचाल्न सफल भए । 
 
फाइनल खेल हेर्नका लागि अर्जेन्टिनाको राजधानी बुयनस आयसमा हजारौँ समर्थकको भिड लागेको थियो । यसअघि अर्जेन्टिनामा नै हुने भनिएको दोस्रो लेगमा समर्थकले टिमको बसमा आक्रमण गरेपछि अन्तिम समयमा स्थगित भएको थियो । जसका कारण रियल मड्रिडको मैदानमा सारिएको थियो । खेलका दौरान २४ सय सुरक्षाकर्मी मैदानमा खटाइएको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया