के प्रश्न सोधिएको थियो, जसको जवाफले बनिन् भेनिसा ‘मिस वर्ल्ड २०१८’

 मंसिर २४, २०७५ सोमबार १३:६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

मिस वर्ल्डको फाईनल राउण्डमा पुगेका प्रतिस्पर्धीलाई एउटा प्रश्न सोधिने गरिन्छ । जुन प्रश्नको जवाफले प्रतिस्पर्धीलाई विजेता बन्न सहयोग गर्छ ।

अघिल्लो वर्षको मिस वर्ल्डको ताज लगाएकी भारतकी सुन्दरी मानुषी छिल्लरलाई सोधेको प्रश्न र उनले दिएको उत्तरले दुनियाँलाई चकित पारेको थियो । प्रश्न थियो, ‘दुनियाँमा सबैभन्दा बढी तलब कसलाई दिनुपर्छ ?’

यसको जवाफ उनले ‘आमा’ भनेकी थिइन् । आमा नै सबैभन्दा बढी तलबको हकदार भएको बताएपछि निर्णायक मण्डली नै तरङ्गीत भएको थियो ।
यो वर्षको मिस वर्ल्डको ताज लगाएकी मेक्सिकोकी सुन्दरी भेनिसा दे लियोनलाई कस्तो प्रश्न सोधिएको थियो ? जसले गर्दा यो वर्षको ताज हात लगाउनमा उनलाई सजिलो भयो ? 

फाइनल राउण्डमा भेनिसालाई सोधिएको थियो, ‘मिस वर्ल्ड बनेपछि अरुलाई तपाईंले कसरी सहयोग गर्नुहुन्छ ?’ यसको जवाफ उनले यसरी दिएकी थिइन्, ‘म आफ्नो पदको सदुयोग त्यसरी नै गर्नेछु, जसरी गएको तीन वर्षदेखि गर्दै आएकी छु ।’ 

उनले भनेकी थिइन्, ‘हामीले सबैको ध्यान दिनुपर्छ । सबैलाई माया गर्नुपर्छ । कसैलाई सहयोग गर्नु कुनै गाह्रो काम होइन । तपाईं बाहिर गएको बेला कोही न कोही भेट्नुहुन्छ, जसलाई तपाईंको सहयोगको आवश्यकता परेको हुन्छ । त्यही भएर म सधैं अरुलाई सहयोग गर्नको लागि तयार रहनेछु ।’

भेनिसा विभिन्न हिंसा पीडित युवतीहरुको बारेमा वकालत गर्ने संस्थामा कार्यरत छिन् । उनले अन्तर्राष्ट्रिय व्यापारमा र मानवअधिकार विषयमा स्नातक गरेकी छिन् । उनी नेनेमी नामको एउटा विद्यालयमा पनि काम गरिरहेकी छिन्, जसले आदिवासी क्षेत्रका बालबालिकालाई अलग–अलग संस्कृतिको शिक्षा दिने गर्दछ । 


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया