सेल्फी खिच्न लाग्दा फेवातालमा डुंगाबाट खसेर एकजना बेपत्ता

 मंसिर २४, २०७५ सोमबार १६:१५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कास्की – पोखराको फेवातालमा डुंगाबाट खसेर एकजना बेपत्ता भएका छन् ।

सोमबार बिहान सवा १० बजेतिर  पोखरा घुम्न आएका काठमाडौं ताहाचल बस्ने १९ वर्षका रोजन श्रेष्ठ (सिंगल) प्याडल बोट चलाउने क्रममा अनियन्त्रित भएर डुङ्गाबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

आइतबार दिदी रोशनीसँग पोखरा घुम्न आएका उनले फेवातालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा डुंगा अनियन्त्रित भएको बताइएको छ । सेल्फी खिच्नकै लागि उनले लाइफ ज्याकेट समेत फुकालेका थिए ।

श्रेष्ठको खोजी कार्य भैरहेको छ । उनी डुबेको खबर प्राप्त हुनसाथ तत्कालै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक नवीन कार्कीको कमाण्डमा रेस्क्यू टिमसहित १५ जनाको टोली खटिएर खोजी कार्य गरिरहेको हो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया