भारतीय धनाड्य व्यापारी अम्बानीकी छोरीको विवाहमा बलिउडदेखि हलिउडसम्मका कलाकार

 मंसिर २४, २०७५ सोमबार १६:१७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतका धनाढ्य व्यापारी मुकेश अम्बानीकी छोरी ईशा अम्बानी र आनन्द पिरामलको विवाह यही डिसेम्बर १२ मा हुँदैछ । विवाह अघि अहिले उदयपुरको होटल उदय विलासमा विवाह अघिका कार्यक्रमहरु भइरहेका छन । जसका लागि भारत तथा विदेशबाट गरी १८ सय कलाकारहरु सहभागी हुँदै छन । 

आइतबार डिसेम्बर ९ मा संगितको कार्यक्रम भएको छ । यस कार्यक्रमको संचालन अभिनेता शाहरुख खानले गरेका थिए भने बलिउडका आमिर खान, ऐश्वर्या र अभिषेक बच्चन, स्वयं शाहरुख खान र गौरी खानले नृत्य प्रस्तुत गरेका थिए । 

साथै अमेरिकी चर्चित पप गायिका वियोन्सेले धमाकेदार प्रस्तुती दिएकी थिइन् । अहिले सामाजिक संजालमा वैवाहिक कार्यक्रममा खिचिएका बलिउड स्टार तथा वियोन्सेका भिडियो तथा तस्विरहरु भाइरल भइरहेका छन । 

वियोन्सेले अम्बानीको संगितिक कार्यक्रममा प्रस्तुती दिए बापत १५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छिन । वियोन्सेले ६० जना डान्सरहरुका साथ प्रस्तुती दिएकी थिइन् । 

मुकेश अम्बानीकी छोरी ईसा अम्बानीको विवाहको कार्यक्रमका लागि वियोन्सेका साथै हिलारी क्लिन्टन समेत भारतको उदयपुर पुगेकी छिन । 

बलिउड फिल्म उद्योगबाट नव विवाहित जोडी प्रियंका चोपडा र निक जोन्सन, दीपिका पादुकोण र रणवीर सिंहका साथै अभिनेत्री रेखा, दीशा पाटनी, करण जोहर, बिद्या वालन, सलमान खान, जोन अब्राहमका साथै क्रिकेटर सचिन तेन्दुलकर उनकी पत्नीका साथ सहभागी भएका थिए ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया