ईपीएल : ललितपुर प्याट्रियट्सलाई पोखरा राइनाेजले आठ विकेटले हरायो

 मंसिर २४, २०७५ सोमबार १६:३८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ८ विकेटले हराएको छ ।

प्रतियोगितामा ललितपुरको लगातार दोस्रो जित हो भने पोखराको लगातार दोस्रो हार हो । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६६ रन बनायो ।

पोखरामा दुईजना विदेशी ओपनर रिचार्ड लेभी र केली कोट्जेरले पहिलो विकेटका लागि ९७ रनको साझेदारी हो । जसमा लेभीले ८४ रन बनाए । उनले ३९ बलमा तीन चौका र नौ छक्का प्रहार गरे ।

त्यसपछि सुनिल धमला १० रनमा आउट भए भने केलीले १९ रनको योगदान गरे अन्तिममा पउल कोउग्लिन १३ रन र विनोद भण्डारीले अविजीत ३४ रन बनाए । बलिङमा पवनले तीन विकेट लिए ।

जवाफमा ललितपुरले  १५ ओभर ५ बलमा मात्र दुई किवेटको गुमाउदै लक्ष्य पूरा गर्यो । उसका लागि गौरव तमोर र जयकिशन कोल्सावालले पहिलो विकेटका लागि एक सय २९ रनको साझेदारी गरे ।

उनीहरुले पोखराका रिचार्ड लेभी र केली कोट्जेरले बनाएको एक सय चार रनको साझेदारी तोडे । जसमा कोल्सावालाले ५१ रन र गौरवले ८२ रन बनाए ।
गौरवले ४१ बलमा चार चौका र आठ छक्का प्रहार गरे । यस्तै सोनु तामाङले ११ तथा सन्नी पटेलले २० रन बनाए ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया