गम्भीर भन्छन् : राजनीतिमा प्रवेश गर्ने सम्भावना छैन

 मंसिर २४, २०७५ सोमबार १८:२३:१३ | एजेन्सी
unn.prixa.net

क्रिकेटबाट सन्यासको घोषणा गरका भारतीय ब्याट्सम्यान गौतम गम्भीरले राजनीतिमा लाग्ने सम्भावनालाई नकारेका  छन् । 

तर आफू क्रिकेट प्रशिक्षकको रुपमा काम गर्ने संकेत भने गरेका छन् । गएको आइतबार सन्यास लिएका गम्भीरले राजनीति गर्ने अडकलबाजी गरिएको  थियो । तर गम्भीरले फिरोज साह कोटला मैदानमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू राजनीतिमा आउने कुनै सम्भावना नरहेको बताए ।

गम्भीरले राजनीति गर्ने विषयमा पछिल्लो समयमा आफूले पनि चर्चा सुनेको बताउँदै यसमा सत्यता नभएको उल्लेख गरे । सामाजिक सञ्जालमा राजनीतिक प्रति कडा प्रहार गर्ने गम्भीरलाई भाजपाबाट २०१९ को निर्वाचनमा उम्मेदवार बन्छन् भन्ने अड्कलबाजी गरिएको थियो ।

गएको निर्वाचनमा उनी अरुण जेट्लीको प्रचारप्रसारमा हिँडेका थिए । उनले सामाजिक सञ्जाल ट्वीटर सशक्त माध्यम भएकाले आफूले त्यसमा सामाजिक विषयमा टिप्पणी गर्ने गरेको पनि बताएका थिए ।

३७ वर्षीय वायाँ हाते व्याट्सम्यान गम्भीरले भने म त्यस्तो मानिस होइन जसले ट्विटरमा मजाक गर्छन् । ‘म पनि यस देशको नागरिक भएकाले सामाजिक मुद्दा उठाउनु मेरो अधिकार हो, यही कारणले मलाई राजनीतिमा आउँदैछ भनेर अड्कलबाजी काटिएको हो’, गम्भीरले भने ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया