दुई किलो नक्कली सुन ६६ लाखमा बेच्दै गर्दा दुईजना पक्राउ

 मंसिर २४, २०७५ सोमबार १९:५०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंको वौद्ध स्तुपामा नक्कली सुनलाई ६६ लाख रुपैयाँमा बिक्री गर्न लागेका दुईजनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सिन्धुपाल्चोक जिल्ला घर भई चाबहिल बस्ने लालबहादुर लामा र राजिव तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

राजिव तामाङ योभन्दा अगाडि पनि नक्कली सुन बेचेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । उनी धरौटीमा छुटेका थिए ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया