मूल्यबृद्धिको प्रदर्शनपछि बढ्ने भयो फ्रान्समा न्यूनतम पारिश्रमिक

 मंसिर २५, २०७५ मंगलबार ८:१५:९ | एजेन्सी
unn.prixa.net

फ्रान्सका राष्ट्रपति इमाइनुल म्याक्रोले मूल्यबृद्धिको विरोधमा भइरहेको प्रदर्शनको जवाफमा महत्वपूर्ण कदम चाल्ने बताएका छन् । उनले महंगीविरुद्ध चलिरहेको प्रदर्शनको जवाफमा कर्मचारीको न्यूनतम तलबमा  १ सय यूरो  बढाउने बताएका हुन्।  

इन्धनमाथि कर, बढ्दो महंगी र अन्य थुप्रै मुद्दाका विषयमा फ्रान्समा गएको चार हप्तादेखि हिंस्रक प्रदर्शन भइरहेको थियो । राष्ट्रपति म्याक्रोले प्रदर्शनकारीहरुको माग जायज पनि भएको बताए । म्याक्रोंले सन् २०१९ देखि न्यूनतम पारिश्रमिकमा सय युरो बढ्ने बताएका छन् । 

म्याक्रोले भने, ‘पछिल्लो ४० वर्षमा गाउँ र बस्तीमा समस्या बढिरहेको छ । सार्वजनिक सेवा राम्रो छैन । जीवनस्तर कष्टकर बन्दै गएको छ ।’ उनले यस्तो परिस्थितिमा आफ्नो जिम्मेवारीलाई स्विकार्ने पनि बताए । 

फ्रान्सको राजधानी पेरिससहित अरु जिल्लामा चौथो हप्तासम्म पनि बढ्दो मूल्यबृद्धि र करको विरोधमा प्रदर्शन हुँदै आएको थियो । 

गएको शनिबार भएको प्रदर्शनका क्रममा मात्रै १ सयभन्दा धेरै घाइते भएका थिए भने एक हजारभन्दा धेरैलाई पक्राउ गरिएको थियो । आन्दोलनकारीले कतिपय भौतिक संरचनामासमेत क्षति पुर्याएका थिए ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया