ईपीएलमा पाेखरा भर्सेस विराटनगर : टस जितेर विराटनगरले फिल्डिङ राेज्याे

 मंसिर २५, २०७५ मंगलबार ८:५०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

एभरेष्ट प्रिमियर लिग अन्तर्गत अहिले विराटनगर वारियर्स र पोखरा राहिनोजबीच खेल हुँदैछ । कीर्तिपुरको टियु क्रिकेट मैदानमा सम्पन्न टस विराटनगरले जितेको छ ।

टस जितेर विराटनगरले फिल्डिङ गर्ने निर्णय गरेको छ । जारी प्रतियोगितामा एकमात्र विदेशी कप्तान रहेको पोखराले लगातार २ खेल गुमाएको छ । जसले गर्दा आजको खेल जित्नै पर्ने दबाबमा पोखरा रहेको छ ।

नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काको नेतृत्वमा रहेको विराटनगर आज दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा ललितपुरमाथि जित निकालेको विराटनगरको उच्च मनोबल रहेको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया