दुर्घटनामा ज्यान गुमाउनेको सामूहिक अन्त्येष्टि

 पुस १, २०७५ आइतबार ९:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

नुवाकोट – दुप्चेश्वर गाउँपालिका १ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका मध्ये १८ जनाको आइतबार सामूहिक अन्त्यष्टि गरिँदैछ । दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी शनिबार आफन्तलाई जिम्मा लगाएपछि आइतबार सामूहिक अन्त्येष्टि गर्न लागिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । 

दुर्घटनामा ज्यान गुमाएका रितेश पण्डितको शनिबारनै अन्तिम संस्कार गरिएको र एकजनाको शव काठमाडौंमा रहेकाले बाँकी १८  जनाको बौद्ध परम्परानुसार घ्याङडाँडामा अन्त्येष्टि गर्न लागिएको तामाङले जानकारी दिनुभयो ।  

अन्तिम सस्कारका लागि गाउँपालिकाले प्रत्येक परिवारलाई १० हजार रुपैयाँ सहयोग गरेको छ । अस्ती नुवाकोटको घ्याङफेदीमा मिनिट्रक दुर्घटना हुँदा  २० जनाको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका १५ जनाको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया