रक्सी खाँदा बैतडीमा एकजनाको मृत्यु

 पुस ४, २०७५ बुधबार १०:२९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – रक्सी खाँदा बैतडीमा एकजनाको ज्यान गएको छ । डिलाशैनी गाउँपालिका वडा नं ५ खेतीगाउँ कैनलीका ४५ वर्षीय रामदत्त जोशीको मंगलबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

रक्सी खाएर हरिनगर बजारमा बेहोस भेटिएका जोशीलाई गोकुलेश्वर प्रहरीचौकीबाट गएको प्रहरी टोलीले गोकुलेश्वर अस्पतालमा लगेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया