शाहरुख खानले भने, ‘‘जीरो’ फ्लप भयो भने मलाई काम पाउनै मुश्किल हुनेछ’

 पुस ४, २०७५ बुधबार १०:४२:५९ | एजेन्सी
unn.prixa.net

बलिउडका ‘किङ्ग खान’ शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘जीरो’ यही शुक्रबार अर्थात डिसेम्बर २१ मा रिलिज भइरहेको छ । यस फिल्मलाई शाहरुख खानको फिल्म करियरमा अहिलेसम्मकै फरक फिल्म भनिएको छ । फिल्म ‘जीरो’ मा अभिनेता शाहरुख खान एक पुड्का ब्यक्तिको भूमिकामा देखिएका छन् ।
 
निर्देशक आनन्द एल रायको निर्देशनमा बनेको यो फिल्मको ट्रेलर सार्वजनिक भएदेखि नै दर्शकलेसमेत सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । हालै अभिनेता शाहरुख खानले एक अन्तरर्वार्तामा यदी यो फिल्म बक्स अफिसमा चल्न सकेन भने आफूलाई केही महिनासम्म काम पाउनै मुश्किल हुने बताएका छन् । 

शाहरुख खानले आफू केवल आफ्नो क्षमता र काममा विश्वास गर्ने बताएका छन् ।  उनको फिल्म ‘जीरो’ मा उनीसँगै अभिनेत्री अनुष्का शर्मा र कट्रिना केफ पनि मुख्य भूमिकामा छन् । यस फिल्मको ट्रेलरसँगै गितहरु प्नि सार्वजनिक भइसकेका छन् । जसलाई दर्शकले निकै रुचाएका पनि छन् । 

अहिले फिल्म समिक्षकहरुले समेत शाहरुखको यस फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अनुमान लगाएका छन् । तर फिल्म ‘जीरो’ सुपरहिट हुनेछ या शाहरुखका यस अघिका फ्लप फिल्म ‘रइस, फ्यान वा जब ह्यारी मेट सेजल’ कै लिष्टमा थपिनेछ त्यो त फिल्म प्रदर्शन पछि मात्रै थाहा हुनेछ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया