अष्ट्रेलियामा सन्दीपलाई घमण्ड देखाएको आराेप

 पुस ५, २०७५ बिहिबार ९:२८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यास खेल्नका लागि अहिले नेपाली स्पीनर सन्दीप लामिछाने मेलबर्नमा छन् । 

मेलबर्न स्टार्समा अनुबन्ध सन्दीप एक साताअघि मेलबर्न पुगेका थिए । मेलबर्न पुगेपछि त्यहाँ रहेका नेपालीले उनको सम्मानमा नेपाल फेस्टिभल परेडको आयोजना गरेको थियो । त्यस परेडमा सहभागि हुँदा आफूले एटिच्युड (घमण्ड) देखाएको भनी फेसबुक स्टाटस लेखेपछि सन्दीपले त्यसको खण्डन गरेका छन् ।

ट्वीटरमा फेसबुक स्टाटसको लिंक समेत राखेर सन्दीपले त्यसमा रहेको कुनै पनि कुरा सत्य नभएको दाबी गरेका छन् । ‘यो सरासर गलत हो । यो कथाको एउटा लाइन पनि सत्य छैन । आखिर कहिलेसम्म ?,’ सन्दीपले ट्वीट गरेका छन् ।

४० शब्द लामो ट्वीटमा सन्दीपले थप लेखेका छन्, ‘कृपया कुनै कुरा लेख्नुअघि सही सूचना प्रयोग गरौं । कुनै गलत नगरेको ब्यक्तिलाई यसरी तल झार्ने काम नगरौं ।’ 

नोर्गेन नोर्वु नाम गरेका ब्यक्तिले त्यो स्टाटस लेखेका थिए । उनको फेसबुक प्रोफाइल अनुसार उनी नेप्लिज एसोसियसन अफ भिक्टोरियाका पूर्व सचिव, पिपलबोटका रिपोर्टर र फोटोग्राफरका रुपमा काम गरेको देखिन्छ । उनले लेखनाथ पौड्यालको नैतिक दृष्टान्तको दुई हरफ कविता राखेर सन्दीपले आफ्नो धरातल बिर्सिएको आरोप लगाएका छन् ।

साथै सन्दीपले फोटो खिच्न पनि आनाकानी गरेको र परेडमा सहभागि हुनका लागिसमेत आफ्ना म्यानेजर रमण सिवाकोटीमार्फत रकम मागेको गम्भीर आरोप लगाएका थिए ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Deepak Bista

    Dec. 21, 2018, 1:14 a.m.

    It is not fair to criticize Sandeep, you invite him as a guest and criticize, it is not on!

  •  0 Reply

तपाईको प्रतिक्रिया