बंगलादेशविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजमा वेस्टइन्डिजको जित

 पुस ८, २०७५ आइतबार ७:२३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशविरुद्धको टी ट्वान्टी क्रिकेट सिरिज वेस्टइन्डिजले जितेको छ । शनिबार भएको खेलमा ५० रनको जित निकाल्दै सिरिज २–१ ले जितेको हो । 

पहिला ब्याटिटङ गर्दै १९० रन बनाएको वेस्टइन्डिजले बंगलादेशलाई १७ ओभरमा १४० रनमा समेटेको थियो । बंगलादेशका लागि लिन्टन दासले सर्वाधिक ४३ रन बनाउँदा अबु हैदर २२ रनमा नट आउट रहे । 

अरुले सम्झन लायक प्रदर्शन गर्न नसक्दा वेस्टइन्डिविरुद्धको सिरिज हार्न पुगेको थियो । वेस्टइन्डिजका किमो पौलले सर्वाधिक ५ विकेट लिँदै सनसनी मच्चाएका थिए । पौलले १५ रन खर्चिएर महत्वपूर्ण ५ व्याट्सम्यानलाई पेभेलियन पठाएका थिए ।

वेस्टइन्डिजका लागि इभन लुईसले ८९ रन बनाउँदा निकोलास पुरनले २९ रन बनाए ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया