रणवीर कपूरसँगको बिछोडको पीडा ‘जीरो’मा पोखिकी हुन् त कट्रिनाले ?

 पुस १०, २०७५ मंगलबार ११:२:३२ | एजेन्सी
unn.prixa.net

शाहरुख खान, अनुष्का शर्मा र कट्रिना केफ अभिनित फिल्म ‘जिरो’ प्रदर्शनमा आइसकेको छ । फिल्ममा अभिनेता शाहरुख खान बउवा सिंह नामको एक यस्तो यूवकको भूमिकामा देखिएका छन् जो आफ्नो होचो पनका कारण जिन्दगीमा हण्डर र ठक्कर खाइरहेको हुन्छ । तर उसको हँसिलो स्वभावका कारण जीन्दगीमा रमाउन र अरुलाई हँसाइरहेको हुन्छ । 

यस फिल्ममा अभिनेत्री कट्रिना केफ र अनुष्का शर्माको पनि मुख्य भूमिका रहेको छ । अभिनेत्री अनुष्का शर्मा एक प्यारालाइज्ड वैज्ञानिकको भूमिकामा देखिएकी छिन् भने अभिनेत्री कट्रिना केफ एक अभिनेत्रीको भूमिकामा देखिएकी छिन् ।

यस्ती अभिनेत्री जो उसको निजी जीवनमा आएका मुश्किलहरुको सामना गर्दै कसरी उनको काम पूरा गर्छिन् भन्ने देखाइएको छ । कट्रिना केफले यस फिल्ममा निर्वाह गरेको यो भूमिका उनको वास्तविक जीवनसँग जोडेर चर्चा भइरहेको छ ।

एक समय थियो जब कट्रिना केफ रणवीर कपूरको प्रेममा डुबेकी थिइन् । उनले आफ्नो करियरलाई समेत बेवास्ता गरेर रणवीर कपूरकासाथ घरजम गर्ने सपना सजाएकी थिइन् । तर कट्रिनाको यो सपना यथार्थमा भने परिणत हुन सकेन । रणवीर कपूरले आफ्नो जीवनबाट कट्रिनालाई निकालिदिए । जुन कुरा कट्रिनाले सोचेकी पनि थिइनन् । 

उनी त्यसबेला नमज्जासँग टुटेकी थिइन् । आफूले रणबिर कपूरको प्रेममा हुँदा परिवार र सन्तानबारेमा सपना सजाएको कुरा कट्रिना स्वयमले फिल्म ‘जीरो’ को एक प्रमोशनको एक कार्यक्रममा बताएकी छिन् । 

फिल्म ‘जीरो’मा समेत एक यस्तो मोड आउछ जहाँ कट्रिना (बबिता कुमारी) को मन अभिनेता अभय देवल (फिल्ममा आदित्य कपूर) ले तोडिदिन्छन् । 

अहिले कट्रिनाको अभिनयलाई उनको वास्तविक जीवनमा रणवीर कपूरका साथ बिछोड हुँदाको पीडालाई पर्दामा पोखेको भन्दै चर्चा भइरहेको छ । साथै कट्रिनाले फिल्म ‘जीरो’ मा निर्वाह गरेको अभिनय उनको फिल्मी करियरकै सबैभन्दा उत्कृष्ट अभिनय गरेको बताइएको छ । 

यही डिसेम्बर २१ मा प्रदर्शन भएको फिल्म ‘जीरो’ ले बक्स अफिसमा अपेक्षा अनुरुप व्यापार गर्न सकिरहेको छैन । यस फिल्मले प्रदर्शनको पहिलो दिन २०.१४ करोड, दोस्रो दिन १८.२२ करोड र आइतबार तेस्रो दिन २०.७१ करोड को व्यापार गरेको छ । यस अनुसार यस फिल्मले तेस्रो दिन सम्म ५९.०७ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ । 

आनन्द एल रायको निर्देशनमा बनेको फिल्म जीरोमा अभिनेता शाहरुख खान, अनुष्का शर्मा र कट्रिना केफको अभिनयको प्रशंशा भइरहेको छ तर यस फिल्मको कथाले भने फिल्म समीक्षकको मन जित्न सकेन ।  
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया