‘जीरो’को खराब प्रदर्शनपछि ‘डन ३’ को काम सुरु गर्दै शाहरुख

 पुस १०, २०७५ मंगलबार १२:४५:५३ | एजेन्सी
unn.prixa.net

शाहरुख खानको यस वर्षको एक मात्र फिल्म हो ‘जीरो’ । यो फिल्म पदर्शन भइसकेको छ । तर प्रदर्शनको एक हप्ता पनि नपुग्दै ‘जीरो’लाई फिल्म समीक्षकले एक फ्लप फिल्मको संज्ञा दिएका छन् । 

यस फिल्मले प्रदर्शनको चौथो दिनसम्म आइपुग्दासम्म १ सय करोडको व्यापार गरिसकेता पनि दर्शक तथा समीक्षकले फिल्मको कहानीको आलोचना गरिरहेका छन् । यसैबीच अभिनेता शाहरुख खान अब उनको अर्को फिल्मको छायाँकंन सुरु गर्ने तयारी गरिरहेका छन् । 

निर्देशक फरहान अख्तरलाई शाहरुखले ‘डन’ को तेस्रो संस्करणको छायांकन छिट्टै सुरु गर्नुपर्ने भन्दै अनुरोध गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म स्क्रिप्ट तयार भइसकेको छ । शाहरुख खानले सन् २०१९ मा यस फिल्मको छायांकन सुरु गर्ने निर्णय लिइसकेका छन् ।

निर्देशक फरहान अख्तर गएको १ वर्ष देखि ‘डन ३’ को स्क्रिप्टमा काम गरिरहेका थिए । निर्माताहरुका अनुसार ‘डन ३’ को कहानी यस अघिका सिरीजहरु भन्दा निकै फरक रहेको बताइएको छ । 

साथै ‘डन ३’ शाहरुख खानका साथ प्रियंका चोपडा नभइ नयाँ अभिनेत्री रहने बताइएको छ । प्रियंका चोपडा यस फिल्ममा नहुनुको मुख्य कारण शाहरुख र प्रियंका बीचको शीतयुद्ध हो । शाहरुखसँगको सम्बन्ध खराब भएका कारण प्रियंकाले यस फिल्मका लागि आफूसँग समय नभएको भन्दै फिल्ममा काम गर्न अस्वीकार गरिदिएकी हुन् ।

शाहरुख खानले निर्देशक फरहान अख्तरलाई फिल्म ‘सारे जहाँ से अच्छे’ को काम सकिए लगत्तै ‘डन ३’ को छायांकन सुरु गर्ने बताइसकेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया